एनभिडिया कर्प विश्वमै पहिलो पटक ४० खर्ब डलर बजार पुँजीकरण भएको कम्पनी भनेको छ। सेयर बजारमा यो नयाँ इतिहास मात्रै बनेको छैन, यो सबैभन्दा महँगो कम्पनी समेत बनेको छ।
एनभिडिया एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो। यो कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट र कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकास गर्छ।
बुधबार कम्पनीको सेयर मूल्य २.८ प्रतिशतले बढेर प्रति सेयर एक सय ६४ अमेरिकी डलर पुगेको थियो। योसँगै एनभिडियाको बजार मूल्यले समेत यो ऐतिहासिक उचाइ छोएको थियो। एआई चिप डिजाइनमा अग्रणी मानिने एनभिडिया पछिल्ला वर्षहरूमा वाल स्ट्रिटको मनपर्ने लगानी गन्तव्य समेत बन्न पुगेको छ।


