२६ असार, काठमाडौं । मंगलबार (२४ असार) मा आएको रसुवागढी बाढी वितण्डाले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ । साथै, २ सय ५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन आयोजनाबाट उत्पादन रोकिएको हो ।


