विलासिता करविरुद्ध आज र भोली सुनचाँदी व्यवसायीद्धारा माइतीघरमा विरोध सभा


विलासिता करविरुद्ध आज र भोली सुनचाँदी व्यवसायीद्धारा माइतीघरमा विरोध सभा

सरकारले बजेटमार्फत सुन तथा सुनका तयारी गरगहना आयात गर्दा २ प्रतिशत विलासिता कर लगाउने निर्णयविरुद्ध दुइवटा सुन चाँदी व्यवसायी संघसंस्थाहरुले बिहीबार र शुक्रबार माइतीघरमा र्याली तथा विरोध सभा गर्दैछन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन चाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आज र भोलीसम्म विरोध सभा गर्दैछ ।

दुवै दिन दिउँसाे १ बजे माइतीघर हुँदै नयाँ वानेश्वरसम्म र्यालीकाे अायाेजना हुनेछ । विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीसम्वद्ध संघसंस्थाले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् सरकारले लगाएको विलासिता करका कारण सुनको कारोबार ठप्प हुने र उपभोक्तालाई समेत थप आर्थिक भार थपिने देखिन्छ ।

Read More