नेपालको अर्थतन्त्रको आधार ६१ खर्ब पुग्यो, एक वर्षमा ४ खर्बले वृद्धि


नेपालको अर्थतन्त्रको आधार ६१ खर्ब पुग्यो, एक वर्षमा ४ खर्बले वृद्धि

नेपालको अर्थतन्त्रको आधारमा ६१ खर्ब रुपैयाँ पुगेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब पुगेको हो । 

यो गत आवको भन्दा ४ खर्ब रुपैयाँले बढी हो । गत आवकोमा नेपालको अर्थतन्त्रको आधार ५७ खर्ब रुपैयाँ रहेको थियो । मन्त्रालयका अनुसार राजस्व संकलनमा पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्बले वृद्धि भएको छ भने पुँजीगत खर्च समेत गत आवको भन्दा केही बढेको छ । पुँजीगत खर्च गत आवको भन्दा ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ । 

Read More