गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

२५ असार, काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

Read More