आज रातिदेखि सबै सरकारी खाता रोक्का, अत्यावश्यक बाहेक निकासा एक साताका लागि बन्द


आज रातिदेखि सबै सरकारी खाता रोक्का, अत्यावश्यक बाहेक निकासा एक साताका लागि बन्द

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चका लागि बुधबार (आज) राति १२ बजेदेखि सात दिनका लागि सबै सरकारी खाता रोक्का गरिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार, यो रोक्का व्यवस्था लागू हुने महालेखा नियन्त्रक कार्यालय (मलेनिका) की प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन्।

उनका अनुसार चालु आर्थिक वर्षको दायित्वअनुसार बजेट निकासा गर्न असार २५ अन्तिम दिन भएकोले, आज रातिदेखि सूत्र (स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली), टिएसए (एकल खाता प्रणाली), र सिगास (कम्प्युटरकृत सरकारी लेखाप्रणाली) एक साताका लागि बन्द गरिनेछ।

Read More