काठमाडौं । सोमवार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीले तीन जलविद्युत् आयोजनामा क्षति गरेपछि करीब २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना र ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।


