४ प्रतिशतले बढ्यो बीमाको दायरा, व्यवसायमा भने साढे १४ प्रतिशतको वृद्धि


४ प्रतिशतले बढ्यो बीमाको दायरा, व्यवसायमा भने साढे १४ प्रतिशतको वृद्धि

बीमा सचेतना बढ्दै जाँदा बीमाको दायरा पनि विस्तारै बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमाको दायरामा आएको जनसंख्या ४ प्रतिशतले बढेर ४७ दशमलब ९५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको जेठसम्मको बीमाको दायरामा आएको जनसंख्या ४३ दशमलब ९५ प्रतिशत थियो ।

प्राधिकरणले म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित यो बीमाको दायरामा आएको जनसंख्याको प्रतिशत प्रकाशित गरेको हो । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य जीवन बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार बीमा, म्यादी र लघु म्यादी बीमाबाहेक हिसाब गर्दा बीमाको दायरामा १६ दशलब ९८ प्रतिशत छ भने म्यादी, लघु म्यादी र वैदेशिक रोजगारसमेतलाई समेतदा भने ४७ दशमलब ९७ प्रतिशत पुग्ने प्राधिकरणले जनाएको छ ।

Read More