कृषि र साना उद्योगको क्षेत्रमा खराब कर्जाको हिस्सा अधिक


कृषि र साना उद्योगको क्षेत्रमा खराब कर्जाको हिस्सा अधिक

काठमाडौं । सरकारले बढी कर्जा प्रवाह होस् भन्ने चाहना राखेका कृषि र साना तथा मझौला उद्यम क्षेत्रको खराब कर्जा बढेपछि बैंकर्सहरू तनावमा परेका छन् ।

कृषि तथा साना उद्योगको प्रवर्धनका लागि नेपाल राष्ट्र बैंकले कर्जामा अनिवार्यता गरेपछि सो क्षेत्रमा प्रवाह भएको कर्जाको भाका नाघ्न थालेकाले कर्जाको सावाँ–ब्याज उठाउन नसक्दा बैंकर्सहरू दबाबमा परेका हुन् ।

अन्य क्षेत्रको तुलनामा कृषि तथा एसएमईको कर्जा ‘डिफल्ट’ दर उच्च भएपछि राष्ट्र बैंकको समेत ध्यान केन्द्रित भएको छ ।

राज्यले कृषि र साना तथा मझौला उद्योगमा लगानी गर भन्छ तर सो क्षेत्रका ऋणीलाई न्यूनतम वित्तीय साक्षरतासम्म नहुँदा बैंकहरूमा खराब कर्जा बढेको बढ्यै भएको छ ।

Read More