काठमाडौँ — खाना पकाउने एलपी ग्यासमा सर्वसाधारणका नाममा दिइने अनुदान एवं छुटमा उद्योगी व्यवसायीले रजाइँ गरेको पाइएको छ । सर्वसाधारणलाई सहुलियत दिन नेपाल आयल निगमले बर्सेनि ७ अर्ब ८० करोड खर्च गर्छ । व्यवसायीले भने निगमबाट पाउने अनुदानसँगै भ्याट फिर्ता रकम लिएर दोहोरो फाइदा असुल्ने गरेका छन् । यसबाट उनीहरूलाई सर्वसाधारणको तुलनामा १३ प्रतिशत सस्तोमा ग्यास मिल्ने गरेको छ ।

