रसुवा भन्सारमा चिनियाँ सवारीबाट ४० प्रतिशत राजस्व


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रसुवा भन्सारमा चिनियाँ सवारीबाट ४० प्रतिशत राजस्व

रसुवा — रसुवागढी नाकामा भन्सार शुल्कको कुल आयमध्ये ४० प्रतिशत राजस्व चिनियाँ सवारीसाधनले ओगटेको छ । 

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार १७ सम्मको राजस्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालु आवको यस अवधिमा २९ अर्ब ६५करोड ९३ लाख असुली भएको छ भने गत वर्षको साही अवधिमा २० अर्ब २१ करोड मात्र राजश्व सङ्कलन भएको थियो ।

Read More
  • MBL - below news