काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कम्पनीहरूलाई चुक्ता पूँजी बढाउन दिएको समयसीमा थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेको छ ।
बोर्डले ब्रोकर कम्पनीहरूलाई न्यूनतम २० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्ने समय ९ महीना थप गर्ने गरी नियमावली संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको हो ।
करीब २ दर्जन ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी असार मसान्तभित्र पुग्ने सम्भावना नदेखिएपछि ९ महीना अवधि थप गर्ने प्रस्तावसहित नियमावली संशोधन मस्यौदा पेश गरेको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए ।


