वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट सामान वा सेवाको कारोबार गर्ने व्यवसायीहरूलाई व्यवसाय दर्ता गर्न आग्रह गरेको छ।
विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गर्न भनेको हो।
यसअघि अनलाइनबाट मात्रै व्यापार गर्नेहरूका लागि कानुनी व्यवस्था गरिएको थिएन।
सूचना प्रविधिको प्रयोग गरेर हुने किनबेचलाई नियमन गर्न र उपभोक्ताको हित सुरक्षित राख्नका लागि सरकारले 'विद्युतीय व्यापार (इ-कमर्स) ऐन २०८१' लागु गरेको छ।


