६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै


६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक द्वारा नेपाल भ्रमण, भारतीय पर्यटक सबैभन्दा धेरै

सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ती मध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटक मध्ये भारतीय पर्यटक नै बढी हुने गर्दछन् ।

Read More