काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले स्थायित्व र जोखिमको दोहोरो दबाबमा पर्न थालेको छ । गैर–कामकाजी कर्जा (नन परफर्मिङ लोन–एनपीएल) र गैरबैंकिङ सम्पत्ति (एनबीए)को उच्च दरले कर्जा प्रवाहको चक्रलाई कमजोर बनाएको छ ।
समयमै नीति सुधार, नियमनको कार्यान्वयन र बैंकहरूको आन्तरिक सुधार नभएको खण्डमा यो समस्या थप गहिरिएर सम्पूर्ण अर्थतन्त्रमै गम्भीर असर पर्नसक्ने बुझाइ अर्थविद्को छ ।
एनपीएल र एनबीएको उच्च दरले नेपालका बैंकहरूको वित्तीय स्वास्थ्य कमजोर बनाउने मात्र नभइ समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने खतरासमेत उत्पन्न हुनसक्ने अवस्था रहेको छ ।


