काठमाडौँ । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो ।
यसमध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।


