रित्तियो लुम्बिनी प्रदेशको सञ्चित कोष, आर्थिक वर्ष सकिन दुई साता पहिले नै भुक्तानी रोक्का


रित्तियो लुम्बिनी प्रदेशको सञ्चित कोष, आर्थिक वर्ष सकिन दुई साता पहिले नै भुक्तानी रोक्का

आर्थिक वर्ष सकिन १५ दिन बाँकी छँदै लुम्बिनी प्रदेश सरकारको सञ्चित कोष रित्तिएको छ।

कोषमा रकम रित्तिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले असार १५ गतेदेखि भुक्तानी रोकेको छ। 

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले सञ्चित कोषमा रकम सिद्धिएपछि आइतबारदेखि भुक्तानी रोकिएको सेतोपाटीलाई जानकारी दिए। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सुमन पौडेलले आइतबार प्रदेश कोष लेखा नियन्त्रण कार्यालयलाई पठाएको पत्रमा कर्मचारीहरूको तलब भत्ता, नेपाल सरकार सशर्त, विशेष र समपुरक अनुदान स्रोतबाट खर्च हुने रकम, नेपाल सरकार समपूरक अनुदानमा सञ्चालित आयोजनामा प्रदेश सरकार वित्तीय समानीकरण अनुदान स्रोतबाट बहन गर्नुपर्ने बापतको रकम, नेपाल सरकार सशर्त अनुदान अन्तर्गत वैदेशिक स्रोतबाट सञ्चालित आयोजनामा प्रदेश सरकार स्रोत समानीकरण अनुदानबाट बहन गर्नुपर्ने बापतको रकम, स्थानीय तहलाई गरिने वित्त हस्तान्तरणको रकम र प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेकको सबै भुक्तानी रोक्न निर्देशन गरिएको छ। 

Read More