काठमाडौं : चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना अर्थात जेठ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले डेढ खर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् । १४ वटा जीवन बिमा तथा ३ लघु जीवन बिमा कम्पनीहरुले जेठ मसान्तसम्ममा कुल १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
बिमा प्राधिकरणको तथ्यांक अनुसार जेठसम्ममा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क ३१ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै, वैदेशिक रोजगार बिमा शुल्क २ अर्ब ७५ करोड २० लाख तथा नवीकरणबापत १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।


