कर्जा लगानी गर्न बैंकहरूलाई हम्महम्मे


कर्जा लगानी गर्न बैंकहरूलाई हम्महम्मे

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू कर्जा लगानी गर्न असमर्थ हुँदै गएपछि उनीहरूले नेपाल राष्ट्र बैंकमा ३ प्रतिशतभन्दा कम ब्याजदर पाउन पनि अधिक प्रतिस्पर्धा गर्न थालेका छन् ।

बजारमा अर्थतन्त्र सुस्त नै रहेपछि र बैंकहरूमा लगानीयोग्य रकम थुप्रिन थालेपछि ३ प्रतिशत ब्याजका लागि मागको ६ गुणाभन्दा बढीसम्म आवेदन राष्ट्र बैंकमा पर्न थालेको हो ।

३ प्रतिशत ब्याजका लागि पनि अधिक प्रतिस्पर्धा

अधिक तरलताले सरकारलाई आन्तरिक ऋण उठाउन सहज र सस्तो

प्रशस्त तरलता रहेकै कारणले ट्रेजरी बिल खरिदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको तथ्यांक नेपाल राष्ट्र बैंकको रहेको छ । बैंकहरूमा लगानीयोग्य रकम जम्मा भएपछि सरकारलाई भने आन्तरिक ऋण उठाउन सहज र सस्तो भएको छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लामो समयका लागिसमेत निक्षेप तानिरहेको छ । असारमा मात्र ६३ दिनसम्मका लागि गरेर पाँचपटक निक्षेप तानिसकेको छ ।

Read More