भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय, २ करोड बढी जरिवाना


भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय, २ करोड बढी जरिवाना

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएकोले थप तीन महिना समेत कैद सजाय हुने ठहर गरेको फैसला गरेको हो।

‘मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ,  ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आए‌कोले ऐ. ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ।’

Read More