राजस्व चुहावटमा १० अर्ब मागदाबीसहित ३२१ विरुद्ध मुद्दा


राजस्व चुहावटमा १० अर्ब मागदाबीसहित ३२१ विरुद्ध मुद्दा

काठमाडौँ — राजस्व अनुसन्धान विभागले १० महिनामा राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा १० अर्बभन्दा बढीको मागदाबीसहित ३ सय २१ जनाविरुद्ध उच्च तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । यस अवधिमा विदेशी मुद्रा अपचलन र राजस्व चुहावटमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरूविरुद्ध चुहावट भएको राजस्व असुलउपर गरी बिगोअनुसार ५ वर्षसम्म जेल सजायसमेत माग गरिएको छ ।

राजस्व चुहावट हुनेमा चीनबाट चोरी पैठारी गरिएको विद्युतीय चुरोट (भेप), सुन, जुत्ता र मदिराको बिर्कोलगायत सामग्री सबैभन्दा धेरै देखिएका छन् । भारतबाट तराईको खुला बोर्डरको फाइदा उठाएर सबैभन्दा धेरै कपडा (साडी, कुर्ता–सुरुवाल तथा सर्टिङ सुटिङ) चोरी पैठारी गरेर राजस्व छली गरेको भेटिएको छ । नक्कली बिलबीजक जारी गरेको विषय पनि राजस्व चुहावटको क्षेत्र हो ।

Read More