सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण


सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण

सार्वजनिक संस्थानहरूको सञ्चालन सहजीकरणका लागि सरकारले हरेक वर्ष ऋण थप्दै गएको छ।

चालु आर्थिक वर्षमा एसियाली विकास बैंक र विश्व बैंकमा गरेको वैदेशिक सेयर लगानीसहित १५ अर्ब २४ करोड ८६ लाख रूपैयाँ बराबरको ऋण तथा सेयर लगानी थपिएको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले यो वर्ष ३४ करोड ८९ लाख रूपैयाँको वैदेशिक सेयर लगानी, दुई अर्ब ८९ करोड ४५ लाख रूपैयाँ बराबरको सरकारी संस्थानमा सेयर लगानी र १२ अर्ब ५१ करोड रूपैयाँ बराबरको ऋण लगानी गरेको छ।

Read More