असार १६ गते सोमबार, आषाढ शुक्लपक्ष पञ्चमी तिथि
मेष
पेशागत क्षेत्रमा सकारात्मक अवसर प्राप्त हुने सम्भावना छ। जिम्मेवारीका काममा सफलता मिल्नेछ।
वृष
राजनीतिक लाभका सम्भावना देखिए तापनि कार्यक्षेत्रमा ढिलासुस्ती हुन सक्छ। वाणीमा संयमता अपनाउनु उपयुक्त हुनेछ।
मिथुन
आर्थिक स्थितिमा सुधार आउने संकेत छन्। व्यापार तथा व्यवसाय विस्तार हुने सम्भावना प्रबल छ।
कर्कट
प्रगतिको दिन हुनेछ। नयाँ व्यक्तिबाट सहयोग प्राप्त भई काममा सहजता आउनेछ।
सिंह
अधुरा कार्य सम्पन्न हुनेछन्। वैदेशिक स्रोत वा लगानीबाट लाभ उठाउन सकिने दिन छ।
कन्या
आफ्नै प्रयासमा सफलता मिल्नेछ। अधुरा काम अघि बढ्नेछन्। पारिवारिक सहयोगले आत्मविश्वास बढ्नेछ।
तुला
शैक्षिक वा ज्ञान सम्बन्धी गतिविधिमा लाभ मिल्नेछ। समग्रमा दिन शुभ रहनेछ।
वृश्चिक
राजनीतिक संगठन तथा संस्थाबाट सहयोग प्राप्त हुने संकेत छन्। पछिल्ला समयदेखि रोकिएको कार्य सम्पन्न हुनसक्छ।
धनु
वाणी सौम्य रहनेछ, तर योजनाबद्ध काममा केही अवरोध आउन सक्ने सम्भावना छ।
मकर
दिन मिश्रित रहनेछ। यद्यपि, सामाजिक वा राजनीतिक क्षेत्रमा सक्रियताले नयाँ अवसर सिर्जना गर्न सक्छ।
कुम्भ
सामान्य दिन रहनेछ। अनावश्यक खर्चले आर्थिक भार बढाउन सक्ने भएकाले सतर्क रहनु बुद्धिमानी हुनेछ।
मीन
दिन राम्रो छ। अधुरा काम बन्नेछन्। व्यवसायमा फाइदा हुनेछ।


