जीवन बीमा कम्पनीको डेढ खर्ब भन्दा बढीको व्यापार, सबैभन्दा धेरै व्यापार नेपाल लाइफकाे


जीवन बीमा कम्पनीको डेढ खर्ब भन्दा बढीको व्यापार, सबैभन्दा धेरै व्यापार नेपाल लाइफकाे

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरुले संयुक्त रुपमा १ करोड ५४ लाख ९८ हजार ७०१ वटा बीमालेख जारी गरेका सो बराबरको व्यवसाय गरेका हुन ।

बीमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जहिले पनि ‘ननमुभर’को रुपमा एक नम्बरमै रहेको छ । कम्पनीले कुल बीमा शुल्क संकलनको झन्डै १ चौथाई हिस्सा ओगटेको छ । एक चौथाई हिस्सा ओगटे पनि कम्पनीको सक्रिय बीमालेख भने २० लाख ८१ हजार २२ वटा मात्रै रहेको छ जुन बीमालेख सख्याको हिसाबले दोस्रो नम्बरमा रहेको छ ।

बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा नेसनल लाइफ रहेको छ जसले कुल बीमा शुल्कको १२ दशमलब १८ प्रतिशत हिस्सा रहेको छ । नेसनलले १८ अर्ब ९० करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको जेठ महिनासम्म १५ लाख २१ हजार ५ सय २९ वटा सक्रिय बीमा लेख रहेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्र्पोरेसन १७ अर्ब २४ करोड रुपैयाँ संकलन गरेको छ जुन कुल बीमा ११ दशमलब ११ प्रतिशत रहेको छ ।

Read More