निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन झण्डै ८५ करोड, कुनको कति ?


निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन झण्डै ८५ करोड, कुनको कति ?

चालू आर्थिक वर्ष २०८१/०८२ को ११ त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । 

कुनको कति ? 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स सर्वाधिक बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ। यस कम्पनीले २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ।  त्यसपछिको स्थानमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ करोड १० लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २० करोड १७ लाख रुपैयाँभन्दा बढी, र ट्रस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

Read More