नेपालमा २८ वटा भन्सार नाकाहरु हरेका छन् । यी नाकाहरुबाट नै नेपालको व्यापार हुने गरेको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार २८ वटा भन्सार नाकाहरुबाट नै सामान आयात हुने गरेको छ । तर, निर्यात भने सबै नाकाहरुबाट हुने गरेको छैन ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट मात्रै नेपालमा उत्पादन भएको सामान निर्यात भएको छ । १० वटा नाकाबाट कुनै पनि वस्तुत निर्यात नभएको विभाको तथ्यांकले देखाएको छ । नेपालका चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, टाँढी र त्रिवेणी नाकाबाट विदेशमा कुनै पनि सामान निर्यात नभएको विभागले सार्वज्निक गरेको तथ्यांकले देखाएको छ । सोही अवधिमा यी नाकाबाट आयात भने उच्च मात्रामा भएको विभागको तथ्यांकले देखाएको छ ।


