काठमाडौं : सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरू गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरू गरेका हुन् ।
निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर,आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरू गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।


