निर्यातको अनुदान दिन सरकारले खातामा हाल्यो एक अर्ब १९ करोड रूपैयाँ


निर्यातको अनुदान दिन सरकारले खातामा हाल्यो एक अर्ब १९ करोड रूपैयाँ

सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु निर्यात गरेवापत दिइने अनुदानका लागि सम्बन्धित खातामा एक अर्ब १९ करोड रूपैयाँ जम्मा गरेको छ।

पछिल्ला चार वर्षदेखि निर्यात अनुदान वितरणमा ढिलाइ हुँदै आएको अवस्थामा यो वर्ष पनि अपर्याप्त रकम जम्मा गरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले उक्त रकम मंगलबार ‘निर्यात अनुदान सोधभर्ना खाता’मा जम्मा गरेको हो ।

अब उक्त रकम नेपाल राष्ट्र बैंकमार्फत निर्यातमुखी उद्योगले सञ्चालन गरेका खातामा जम्मा गरिनेछ। यसअनुसार उद्योगीहरूले विगतको बक्यौता र चालु आर्थिक वर्षको चैत महिनासम्म गरेको निर्यातको आधारमा अनुदान प्राप्त गर्नेछन्।

Read More