डोनाल्ड ट्रम्पका आक्रमणहरुले गर्दा फेडरल रिजर्भको विश्वसनीयता संकटमा, अमेरिकी डलर थप कमजोर विन्दुमा झर्यो


डोनाल्ड ट्रम्पका आक्रमणहरुले गर्दा फेडरल रिजर्भको विश्वसनीयता संकटमा, अमेरिकी डलर थप कमजोर विन्दुमा झर्यो

काठमाडौं : युरोको तुलनामा अमेरिकी डलर बिहीबार साढे ३ वर्ष यताकै नयाँ न्यून विन्दुमा झरेको छ । अमेरिकी फेडरल रिजर्भको भावी स्वतन्त्रता प्रति देखिएको चिन्ताले देशको मौद्रिक नीतिप्रति विश्वास घटाएपछि डलर थप कमजोर भएको रोयटर्सले लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलको स्थानमा अर्को व्यक्तिलाई चयन गरी आगामी सेप्टेम्बर वा अक्टोबरमा घोषणा गर्ने विचार गरेको वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको छ । ट्रम्पको उक्त कदमको उद्देश्य पावेलको पद कमजोर बनाउने रहेको देखिन्छ ।

Read More