सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन


सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

असार ५ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा एउटा पत्र पुग्यो।

त्यो पत्र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव तथा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद मेटमणि चौधरी विरूद्धको जाहेरी थियो।

बैंकिङ कसुर सम्बन्धमा चेक अनादर (चेक बाउन्स) भएको भन्दै  प्रहरी कार्यालयमा हुलाकमार्फत जाहेरी पुगेको थियो।

जाहेरीमा सांसद चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक बाउन्स भएको भन्दै चौधरीमाथि अनुसन्धान गर्न माग गरिएको थियो।

चौधरीविरूद्ध जाहेरी दिने व्यक्ति रोल्पा घर भइ दाङको घोराही बस्ने धात बुढामगर हुन्। उनी ठेक्कापट्टाको काम गर्छन्।

Read More