अष्ट्रेलियाको मुद्रास्फीति २.१ प्रतिशतमा झर्‍यो, सन् २०२५ को न्यूनतम बिन्दुमा


अष्ट्रेलियाको मुद्रास्फीति २.१ प्रतिशतमा झर्‍यो, सन् २०२५ को न्यूनतम बिन्दुमा

अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । 

अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४  अक्टोबरमा सबैभन्दा कम वार्षिक रेकडै हो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मे महिनामा २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए।

Read More