११ असार, काठमाडौं । ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०) मै बजेट ल्याए पनि काठमाडौं महानगरपालिका भने निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ । यससँगै बजेट तर्जुमा तथा कार्यकम समितिले मेयर बालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएको छ ।
मंगलबार राति अनौपचारिक बसेको बजेट तर्जुमा समितिले मेयर शाहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । साथै बुधबार औपचारिक रुपमा शाहलाई ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।


