इजरायलद्धारा इरानको केन्द्रीय बैंकलाई आतँककारी संस्था घोषणा, कुनै पनि बेला युद्ध भड्किन सक्ने खतरा


इजरायलद्धारा इरानको केन्द्रीय बैंकलाई आतँककारी संस्था घोषणा, कुनै पनि बेला युद्ध भड्किन सक्ने खतरा

इरानको केन्द्रीय बैंक सेन्टल बैंक अफ द इस्लामिक रिपब्लिक अफ इरान (बैंक मोरकाजी) लाई इजरायलले आतँकबादी संस्था घोषणा गरेको छ । 

दुई देशबीच १२ दिनसम्म भएको रक्तपातपूर्ण लडाई युद्धबिराम भएर रोकिएको अर्काे दिन नै इजरायलले त्यस्तो घोषणा गरेको हो ।

कुनै पनि देशले कुनै अर्काे देशको केन्द्रीय बैंकलाई आतँकबादी संस्था घोषणा गरिएको यो नै पहिलो घटना हो । यो घटनाले अमेरिकाको दबाबमा दुई देशबीच भएको युद्धबिराम कुनै पनि बेला भंग हुने खतरा बढेको बताइएको छ । दुवै देशले एक अर्काेलाई युद्ध बिराम उल्लंघनको आरोप लगाउँदै त्यसको परिणाम घातक हुने चेतावनी दिइरहेका छन् ।

Read More