अपर कर्णालीको ५०० मेगावाट बिजुली किन्ने योजना स्थगित गर्दै बंगलादेश


अपर कर्णालीको ५०० मेगावाट बिजुली किन्ने योजना स्थगित गर्दै बंगलादेश

बंगलादेशले नेपालको अपर (माथिल्लो)कर्णाली जलविद्युत आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने योजना अन्यौलमा परेको छ।

बंगलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जिएमआर कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन्।

Read More