बुटवल : मुलुकका पाँच वटा महानगरपालिकाले तोकिएकै समयसीमाभित्र बजेट सार्वजनिक गरेका छन्। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि आइतबार ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको हो। महानगरपालिकाले बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विषयमा प्राथमिकता दिइएको छ। सोही दिन भरतपुर महानगरपालिकाले पनि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गर्यो।


