सरोकारवालाहरूले घरेलु श्रमिकहरूलाई सरकारले तोकेको श्रमिकहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चिततामा जोड दिएका छन्।
युवालयले ललितपुरमा आयोजना गरेको बेतलबी र घरेलु कामदार सम्बन्धी छलफल कार्यक्रममा घरेलु श्रमिक, अनुसन्धानकर्ता, नीति निर्माता लगायत सरोकारवालाहरूले घरेलु श्रमिकका लागि छुट्टै कानुन बनाउनुपर्ने कुरा उठेको हो।
घरेलु श्रमिक गोमा भण्डारीले घरेलु श्रमलाई पेशागत गर्नुपर्ने आवश्यकता औंल्याइन्।


