अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थी युवालाई जनही ५- ५ हजार जरिवाना गराउँदै नेपालबाट पनि डिपोर्ट गर्ने निर्णय भएको छ।
अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो।
अध्यागमन विभागका निर्देशक समेत रहेका प्रवक्ता टिकाराम ढकालले दिएको जानकारी अनुसार शुक्रबार विभागका महानिर्देशक गोविन्द प्रसाद रिजालले यस्तो निर्णय गरेका हुन्।
उनीहरूलाई ५-५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।


