बर्खा लागेसँगै नेपालबाट विद्युत निर्यात हुन थालेको छ । सुख्खा याममा विद्युत आयात गर्नु पर्ने भए पनि बर्खाको समयमा भने नेपालले विद्युत निर्यात गर्ने गरेको हो ।
असार सुरुभसँगै नेपालले विद्युत निर्यात सुरु गरेको छ । जस अनुसार नेपालले दैनिक साढे १० करोड रुपैयाँको विद्युत निर्यात गर्न थालेको हो । नेपालले वर्षायाम सक्रिय भई जलप्रवाह बढेपछि उत्पादन वृद्धि भए अनुसार विद्युत निर्यात गर्न थालेको हो । आन्तरिक खपत कटाएर बाँकी विद्युत् नेपालले बङ्गलादेश, भारतका विभिन्न राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मा निर्यात गर्ने गरेको छ । । नेपाल विद्युत् प्राधिकरणका अनुसार असार १ गतेदेखि बङ्गलादेशमा ४० मेगावाट, भारतको विहारमा १२५ मेगावाट र हरियाणामा २०० मेगावाट विद्युत् नियमित रूपमा गइरहेको छ । साथै आईईएक्स मार्फत दैनिक बोलकबोल प्रणालीद्वारा थप परिमाणमा पनि विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ ।


