मर्स्याङ्दी र दोर्दी करिडोरस्थित जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने


मर्स्याङ्दी र दोर्दी करिडोरस्थित जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने

९ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित न्यु भरतपुर २२० केभी सबस्टेसन निरीक्षण अनुगमन गरेका छन् ।

प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालसहित उच्चस्तरीय प्राविधिक टोलीले दमौली भरतपुर १३२ केभी लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न न्यु भरतपुर सबस्टेसनमा देखिएको प्राविधिक समस्या छिटो समाधान गर्न प्राविधिक परामर्श तथा आवश्यक निर्देशन दिएको हो ।

Read More