२०७९ साल जेठ २६ गते काठमाडौंमा एक लिटर डिजेल किन्न १६५ रुपैयाँ तिर्नुपर्ने थियो। २०७९ असार ५ गते एकैपटक २७ रुपैयाँले बढाएपछि प्रतिलिटर १९२ रुपैयाँ पुर्याइएको थियो।
त्यसयता तीन वर्षमा डिजेलको मूल्य लिटरमा ४७ रुपैयाँले घटेको छ। अझै घट्दो क्रममा देखिएको छ। २०८० को असार १ मा आइपुग्दा प्रतिलिटर १५५ रुपैयाँ पुग्यो।
२०८१ असार १ मा १५३ रुपैयाँ पुग्यो। अहिले २०८२ असार १ गतेबाट १४५ रुपैयाँ लिटरमा पाइन्छ।असार १ गते पहिले त १४३ रुपैयाँ लिटर मात्रै थियो।
नेपाल आयल निगमका अधिकारीहरूका अनुसार २०७८ सालमा नै डिजेलको मूल्य १४५ रुपैयाँ लिटर पुगेको थियो। २०७९ सालमा भने अत्यधिक मात्रामा मूल्य बढेको थियो। त्यसपछिका वर्षमा लगातार घट्दो प्रवृत्ति पछ्याएको छ।


