ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बुढीगण्डकी जलविद्युत् आयोजना नयाँ मोडेल(प्रारुप)मा अघि बढाउने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै उनले १२०० मेगावाटको बुढीगण्डकी आयोजनालाई कसरी आर्थिक रुपमा लाभदायिक बनाउन सकिन्छ भनेर नयाँ मोडेलमा अघि बढाउने खोजेको बताए ।
उनले आयोजनामा हालस्म्म ४६ अर्ब रुपैयाँ खर्च भइसकेको बताए । उनले आगामी आवदेखि परियोजनाका मुख्य काम अघि बढ्ने बताए ।


