ऋण तिर्न ऋणकै भर


ऋण तिर्न ऋणकै भर

काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ मा सार्वजनिक ऋण तिर्न थप ऋणको भर पर्नुपरेको देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस वर्ष ११ महिना बितिसक्दा लक्ष्यको ७२ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले ११ महिनामा १० खर्ब ३२ अर्ब २२ करोड रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको हो । यस अवधिसम्म सरकारले १३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

पुँजीगत खर्च, अनुदान प्राप्ति र ऋण प्राप्तिमा सरकार असफल

११ महिनामा बाह्य अनुदान १७ अर्ब ६८ करोड रुपैयाँ मात्र आउँदा अन्य खर्चका लागि सार्वजनिक ऋणमा भर पर्नुपरेको हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

सरकारले ११ महिनामा १० खर्ब ३२ अर्ब आम्दानी गर्दा खर्च भने १३ खर्ब ७ अर्ब रुपैयाँ गरिसकेको छ । सावाँ र ब्याज भुक्तानी ३ खर्ब २९ अर्ब ६० करोड गरेको छ । यस हिसाबले सरकारले सावाँ र ब्याज तिर्नसमेत ब्याजमै भर परेको देखिएको छ । यद्यपि, सरकारले कर्जा लिएरै सावाँ र ब्याजको भुक्तानी भने नगरेको बताइएको छ ।

Read More