अब विदेशबाट पठाइएको पैसा सिधै मोबाइल एपमा! — महालक्ष्मी विकास बैंकको नयाँ सेवा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब विदेशबाट पठाइएको पैसा सिधै मोबाइल एपमा! — महालक्ष्मी विकास बैंकको नयाँ सेवा

काठमाडौं — महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा भुक्तानी लिने प्रणाली सुरु गरेको छ। अब ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत विदेशबाट पठाइएको रकम सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल बैंकिङ सेवालाई सुरक्षित, आधुनिक र प्रयोगकर्तामैत्री बनाउने लक्ष्यसहित यो सुविधा सार्वजनिक गरेको हो। नयाँ प्रणाली अन्तर्गत प्रयोगकर्ताले विदेशमा रहेका पठाउने व्यक्तिको विवरण, सम्बन्धित रेमिट्यान्स एजेन्टको नाम तथा मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN) एपमा प्रविष्ट गरेपछि सो रकम सिधै खातामा जम्मा हुन्छ।

यस सेवाबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरू मार्फत पठाइएको रकम सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ। अब ग्राहकहरूलाई रेमिट्यान्स एजेन्ट वा काउन्टरमा गएर लाइन बस्नुपर्ने झन्झट हट्नेछ, जसले समय तथा श्रमको बचत गर्नेछ।

महालक्ष्मी विकास बैंकका अनुसार यो सुविधा सुरु गर्ने विकास बैंकहरूमध्ये आफू पहिलो भएको दाबी गरेको छ। डिजिटल नवप्रवर्तनमा अग्रणी भूमिका खेल्दै आएको बैंकले आफ्नो मोबाइल एप्लिकेसनलाई निरन्तर परिष्कृत गर्दै जाने प्रतिबद्धता पनि दोहोर्याएको छ।

  • MBL - below news