भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक


भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

भादगाउँ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका हुन् ।

उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी विनियोजित बजेटको चालू खर्चतर्फ रु एक अर्ब ५२ करोड ५३ लाख ११ हजार अर्थात् ६१ दशमलव ६७ प्रतिशत र पुँजीगत खर्चतर्फ रु ८० करोड ४८ लाख अर्थात् ३२ दशमलव ५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५ दशमलव ७८ प्रतिशत गरेको छ । 

Read More