भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न माओवादीको माग


भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न माओवादीको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका छन्। .

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकको छलफलमा भाग लिँदै पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको २ बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अविलम्ब छानबिन समिति गठन गर्न माग गरेका हुन्। एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोष्ट्रमबाटै गरेकाले ढिलाइ नगर्न उनले आग्रह गरे। 

Read More