११ महिनामै १६ खर्बभन्दा बढीको व्यापार घाटा, निर्यात कमजोर हुँदा अर्थतन्त्र थप संकटमा


११ महिनामै १६ खर्बभन्दा बढीको व्यापार घाटा, निर्यात कमजोर हुँदा अर्थतन्त्र थप संकटमा

चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा नेपालको वैदेशिक व्यापार १८ खर्ब भन्दा बढी भएको छ ।

व्यापार घाटा १६ खर्ब भन्दा बढी भएको ११ महिनाको अवधिमा नेपालले कुल १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार उक्त व्यापार गत आवको सोही अवधिको भन्दा १८.८० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.१५ प्रतिशत बढी हो । सो अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

Read More