स्वीस बैंकमा नेपालीले जम्मा गरेका छन् ६५ अर्ब ६९ करोड


स्वीस बैंकमा नेपालीले जम्मा गरेका छन् ६५ अर्ब ६९ करोड

काठमाडौं । स्वीस बैंकमा नेपालीले जम्मा गरेको रकमको परिमाण सन् २०२४ मा घटेको छ । परिमाण घटे पनि अझै स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको रकम रु ६५ अर्ब ६९ करोड रहेको छ ।

विदेशमा लगानी गर्नका लागि समेत नेपालबाट रकम विदेश लैजान नपाउने कानूनी प्रावधान रहेको वेला यसरी स्वीस बैंकमा रकम जम्मा हुनु गैरकानूनी हो । यस वर्षको बजेटमार्फत सूचना प्रविधिसम्बन्धी उद्योगका लागि १० लाख अमेरिकी डलरबराबरको रकम विदेशमा लगानी गर्न पाउने प्रावधान सरकारले ल्याएको छ । तर यो प्रावधान आउनुअघिदेखि नै नेपालीहरूले यसरी गैरकानूनी तवरबाट नेपालबाट ठूलो परिमाणमा रकम लैजाने गरेका छन् ।

Read More