आज नेप्से परिसूचक १.७४ अंक घटेर १ हजार २६३.८४ विन्दुमा बन्द भएको छ । यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम २२ करोड रुपैयाँले बढेर ५९ करोड रुपैयाँ पुगेको छ। कारोबारमा आएका १२ वटा उपसमुहका सुचकहरु मध्ये ७ वटा उपसमुहका सुचक नकारात्मक देखिए भने ४ वटा उपसमुहका सुचक सकारात्मक देखिएका छन्। बिहीबार माइक्रोफाइनानस उपसमुहका सुचक सबैभन्दा धेरे १.०१ प्रतिशतले बढेको छ । दिनभरिको कारोबारमा लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव शून्य १ प्रतिशत बढेको छ । नेको इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ उक्त कम्पनीको रू. ७ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ ।
बिहीवार हालसालैका आईपीओको मूल्यमा उच्च वृद्धि हुँदा स्पर्स लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६० ले बढेर रू. ६६० पुगेको छ । त्यसैगरी, गुराँस लघुवित्त, ग्रामिण विकास लघुवित्त, स्वाभिमान लघुवित्त, नेपाल एग्रो लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त र वर्ल्ड मर्चेण्टको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । साथै, युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य ४ दशमलव ४४ प्रतिशत घटेर प्रतिकित्ता रू. ३४४ मा आइपुगेको छ ।







