नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएसँगै भारतमा हुन थाल्यो निर्यात


नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएसँगै भारतमा हुन थाल्यो निर्यात

नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ।

उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइझ भारत निर्यात भइसकेको छ। 'नेपालमा पूर्ण रूपमा आयातमा निर्भर फ्रेन्च फ्राइज अब हामीले उत्पादन सुरू गरेका छौं। नेपाली बजारसँगै विश्व बजारमा पनि निर्यात गर्न थालेका छौं,' पौडेलले भने।

Read More