नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब रूपैयाँ नाघेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८२ साल जेठ मसान्तसम्म देशको कुल सार्वजनिक ऋण यही स्तरमा पुगेको हो।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ।
यही अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड ऋण तिर्ने काम भएको छ। कुल ऋणभार भने २ खर्ब २० अर्ब ५८ करोडले बढेको छ।
गत आर्थिक वर्षको अन्त्यमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब थियो। यस वर्ष वैशाख मसान्तसम्म २६ खर्ब २२ अर्ब पुगेको ऋण जेठमा थप वृद्धि भई २६ खर्ब ५४ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।


